३० बैशाख २०८१, आईतवार
Follow Us

शुभद्रा ढकालको एक गजल ‘तिम्रै हुन सकूँ’

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७९, शुक्रबार ०५:२७

शुभद्रा ढकाल ।

छैन अरु कुनै चाह तिम्रै हुन सकूँ
दुनियाँको के पर्वाह तिम्रै हुन सकूँ

रुँदा साथ दिन सकूँ अप्ठरोमा हात
सबले भनूनँ प्रेम आहा तिम्रै हुन सकूँ

रुन सकूँ तिम्रै काखमा मुस्कुराउन सकूँ
अर्को जुनी कसलाई के थाहा तिम्रै हुन सकूँ

धेरै कुरा नभनेरै भनेजस्ताे लागाेस
बुझ्न सकूँ मनकाे भाषा तिम्रै हुन सकूँ।

फूलजस्तै फूलोस् प्रेम जुनजस्तै अटल
सफलताको बनोस् उर्जा तिम्रै हुन सकूँ